कांग्रेसलाई भोट हाल्नेहरूसँग एकता गर्दैनौँ : ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई भोट हाल्नेहरूसँग एकता नगर्ने जिकिर गरेका छन् ।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै वामपन्थी एकता भ्रम मात्र भएको बताउँदै आवश्यक परेको बेलामा राष्ट्रिय शक्तिसँग मात्रै एकता गर्ने बताएका हुन् ।

उनले भने, ‘कतिपय नक्कली कुरा गर्नेहरू छन्, कम्युनिष्ट र वामपन्थी आन्दोलनलाई एकताबद्ध बनाउनु हाम्रो काम र कर्तव्य हो हामीले बुझेका छौँ। त्यही बुझेर नै पार्टीलाई दुई तिहाइको अवस्थामा पुर्‍याएका थियौँ । विस्तार हुँदै एकता एकीकरणबाट, त्यसलाई तोडेर आन्दोलन कमजोर भयो। हामीले तोडेको होइन, हामीले जोड्ने मात्रै काम गर्यौ। जोगाउने प्रयास गर्‍यौँ ।’

अहिले पनि राष्ट्रिय शक्तिहरू मिलेर सुशासन र समृद्धिको बाटोतर्फ अगाडि बढ्नुको विकल्प नभएको बताए।

उनले भने, ‘आज वामपन्थीको नाममा एकता भन्ने कुरा होइन । वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ । वामपन्थी शक्ति भन्ने भोट चाहिँ कांग्रेसलाई हाल्नेहरूसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम पाल्नुहुँदैन । एकता परेका बखत गर्छौँ पनि तर छानेर, पार्टी बिगार्ने अवसरको खोजीका लागि कुनै एकता हुँदैन । आन्दोलनको हित नहुने गरी कसैलाई अवसर उपलब्ध गराउँदैनौ। आन्दोलनको हितमा हामी लचिला सबै हुन्छौँ ।’

  • ३ बैशाख २०८१, सोमबार १६:०८ प्रकाशित