पूर्व मन्त्री यज्ञ थापाले जव माइक कब्जा गरेर नेतृत्वलाई लल्कारे ……(भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा पूर्व मन्त्री यज्ञबहादुर थापाले माइक कब्जा गरेर नेतृत्वलाई लल्कारेका छन् । कांग्रेस केन्द्रीय सदस्य एवं प्रदेश सभापतिका आकांक्षी अर्जुन जोशीलाई मात्र बोल्न दिएपछि प्रदेश सभापतिकै उम्मेद्वारी घोषणा गरेका यज्ञ थापाले माइक कब्जा गरेर नेतृत्वलाई लल्कारेका हुन् ।

मञ्चमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री तारानाथ रानाभाटको अगाडि नेता गोपालमान श्रेष्ठ लक्षित आक्रोस पोखेका हुन् । उनले आफू हार्ने तर उम्मेद्वार भएर हार्न दिनुपर्ने बताए । ‘मलाई हार्न दिनुस् । उम्मेद्वार भएर हार्न त दिनुस् । उम्मेद्वार भएर हार्नपनि नपाउनु ?’ उनले प्रश्न गरे ।

त्यस लगत्तै पूर्व मन्त्री रहेका अर्का कांग्रेसका नेता महादेव गुरुङले उम्मेद्वारका लागि तोकिएको सुल्क प्रति नेतृत्वसंग प्रश्न उठाए । पौडेल पक्षका नेता कार्यकर्ताले नेता गोपालमान श्रेष्ठलाई हेरौंला भन्दै हुटिङ गरे । माहोल साम्य पार्न वरिष्ठ नेता मञ्चबाट माइक तर्फ आउनेजाने गरिरहे ।

त्यसपछि उद्घोषक रहेका कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसीले  बोल्न नेता देवराज चालिसेलाई बोलाए । सम्बोधनका क्रममा सत्ताको छायाँमा सत्ताको प्रभावमा कब्जा गर्न खोजिएको आरोप लगाए । केन्द्रीय सदस्यले पदिय हैसियतको हेक्का राख्न सुझाए । अनि होहल्ला थामियो ।

 

  • १६ मंसिर २०७८, बिहीबार १८:१२ प्रकाशित