चितवन । नवलपरासीको गैंडाकोटमा स्कुल बसको ठक्करबाट एक महिलाको ज्यान गएको छभने एक जना गम्भीर घाइते भएकी छिन ।बालविकास इङ्लिस बोर्डिङ स्कुलको ना ४ ख १०४१ नम्बरको बसले बा ९३ प ९२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पर्वत फलेबास नगरपालिका– ४ स्थायी घर भै हाल भरतपुर–२१ बस्दै आएकी ६८ बर्षीया पार्वती पौडेलको मृत्यु भएको हो ।
पौडेलको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ । दुर्घटनामा परी स्कुटर चालक गैंडाकोट ५ बस्ने २० बर्षिया आशिका सापकोटा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।













