टी– २० फ्रेण्डसीप कप : बरोडालाई नेपालले दियो १५७ रनको लक्ष्य

केन्द्रभाग मिडिया

भारतको गुजरातमा जारी एसएमएस फ्रेण्डसिप कप त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बरोडालाई जितका लागि १ सय ५७ रनको लक्ष्य दिएको छ।

गुजरातको वापीस्थित साई मेघपान स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रनको योगफल तयार पारेको हो।

नेपालका लागि कुशल मल्ल ४० र दीपेन्द्रसिहं ऐरी ५ रनमा नटआउट रहे।सन्दीप जोरा २९ रन बनाउँदा रन आउट हुन पुगे। अनिल कुमार साह २५ रन बनाएको अवस्थामा क्याच आउट भए।

कप्तान रोहित पौडेल १८ को अवस्थामा रन आउट भए। गुलशन झा १३ रनमा क्याच आउट भए।बरोडाका लागि बाबा खानले २ विकेट लिए। मोहित मोङ्गिया र परिक्षत पटिदारले समान एक-एक विकेट लिए।

  • २० चैत्र २०८०, मंगलवार १६:३१ प्रकाशित