सहकारी ठगीमा श्रममन्त्रीमाथि कांग्रेसले उठायो प्रश्न

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा श्रममन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले श्रममन्त्री अर्याल उपाध्यक्ष रहेका हाम्रो नयाँ कृषि सहकारी संस्थामा निक्षेपकर्ताको ४ करोडभन्दा बढी रकम हिनामिना भएको बताए ।

‘श्रममन्त्री आर्यालले हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले ४ करोडभन्दा बढी रकम फिर्ता नपाएको विषय छ । अर्याल मात्र होइन रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिएँ । सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोरखा मिडियाका अध्यक्ष जीवी राईलाई भित्र्याइएको छ । त्यो भित्र्याउने काम श्रमन्त्री लगायतको हो भन्ने आरोप छ ,’ उनले भने ।

समस्या ग्रहस्त उक्त सहकारीको छानबिनलाई सरकारले प्रभावित पार्न खोजिएको कांग्रेस सांसद यादवको आशंका छ ।

  • २० चैत्र २०८०, मंगलवार १३:२७ प्रकाशित