स्याङ्जामा अवैध रुपमा बालुवा ओसार पसार गर्ने २ वटा ट्याक्टर नियन्त्रणमा

केन्द्रभाग मिडिया

स्याङ्जा ।

स्याङ्जामा अवैध रुपमा बालुवा ओसार पसार गर्ने २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

स्याङ्जा चापाकोट नगरपालिका ८ दामाचौरस्थ्ति बनकट्टा घाटबाट लु ३ त ५२५३ नम्बरको ट्याक्टर र भिरकोट नगरपालिका ६  बाट ग १ त ६१११ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुवै ट्याक्टरलाई १० हजार जरिवाना गरि छाडिएको प्रहरीले जनाएको छ ।

  • ८ भाद्र २०८३, सोमबार १२:५९ प्रकाशित