भोली डिस्चार्ज हुदैँ प्रधानन्यायाधीश जबरा, कार्यवाहकको विवाद तत्काललाई टर्‍यो

केन्द्रभाग मिडिया

काठमाडौं।

कोरोना संक्रमित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार डिस्चार्ज हुने भएका छन् ।

जबरा बिदामा नबसी र कार्यवहाक नतोकी बस्दा कार्यवाहक प्रधानन्यायाधीशको विवाद भएको थियो । जबराको भोलि नै डिस्चार्ज हुने जानकारी आएपछि कायममुकायम प्रधानन्यायाधीशको विवाद तत्काललाई टुंगिएको छ । बिहीबार पेसी नतोकी सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा बसेका थिए ।

उनीहरुले प्रधानन्यायाधीश जबरालाई टेलिफोन गरि बुझ्दा शुक्रबार आफू डिस्चार्ज हुने जानकारी गराएको बताइएको छ । यदि शुक्रबार प्रधानन्यायाधीश डिस्चार्ज नभए फेरि बैठक बसेर के गर्ने भन्नेबारे निर्णय गरिने सर्वोच्चका एक न्यायाधीशले बताएका छन् ।

आज बिहान सत्ता गठबन्धनका पाँच शिर्ष नेताको बैठकले जबरालाई बिदामा बसी कार्यबहाक तोक्न आग्रह गरे पनि जबराले आफु बिदा नि नबस्ने र कार्यवहाक पनि नतोक्ने जवाफ दिएका थिए ।

 

 

 

  • १६ मंसिर २०७८, बिहीबार १४:२५ प्रकाशित