कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन प्रदेश उपसभापतिमा उम्मेदवारी: मन्त्री श्रेष्ठ (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले कांग्रेस गण्डकी प्रदेश समितिको उपसभापति पदका लागि उम्मेदवारी दिने  भएका छन् ।  यस अगाडि महामन्त्रीमा उठ्ने चर्चा गरिएका उनले आफूले उपसभापतिमा उम्मेद्वारी दिने निर्णय गरेको केन्द्रखबरलाई जानकारी दिए ।  २०४२ साल देखी कांग्रेसको संगठन निर्माणको लगेको र विभिन्न जिम्मेवारीमा रहेका काम गरिसकेकाले उपसभापति पदको लागि आफू योग्य रहेको उनले बताए ।

अग्रजलाई सम्मान र युवाहरुलाई संगठनमा ल्याउन आफुले भूमिका खेल्ने श्रेष्ठले बताए । उनले भने, ‘उपसभापति पदमा रहेर यो प्रदेशलाई कांग्रेसमय बनाउनसक्छु भन्ने मलाई विश्वास छ, मलाई कार्यकर्ता, नेता, अग्रजहरुले र म भन्दा साना विद्यार्थी, महिलाहरुले योग्य ठान्नुहुन्छ भन्ने विश्वास छ ।’

‘मन्त्री भएको ४ महिनामा मन्त्रालयको कामलाई देखिने गरि अगाडी बढाएको छु, पार्टीमा पनि धेरै विशंगतीहरु छन्, ती विसंगतिहरुलाई विपीले भने झै फेरी क्रान्ती गर्नुपर्ने भन्दै श्रेष्ठले नेता बन्नको लागि भिजन प्रतिवद्धता र दृष्टिकोण चाहिने बताए । ‘मन्त्री हुदाँ जे काम गरिरहेको छु, त्यो कामको प्रचार कार्यकर्ता तहमा गर्नेछु’ उनले भने ।

प्रदेश उपसभापतिमा निर्वाचित भए गण्डकीमा कांग्रेस पहिलो पार्टी बनाउने उनको उद्घोष छ । श्रेष्ठले गुटमा विश्वास नरहेको बताए । कांग्रेसको खस्केको साखलाई उठाउन पुनः सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने उनको भनाई थियो ।

 

  • १६ मंसिर २०७८, बिहीबार १३:४३ प्रकाशित