नेकपा एसले इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंहलाई उठाउने

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

आगामी बैशाख १५ गते हुने इलाम र बझाङमा हुने उपनिर्वाचनमा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएको छ । सो पार्टीले प्रतिनिधि सभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

खनालको अनुसार इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंह उम्मेदवार बन्ने निश्चित भएको छ तर पार्टीले औपचारिक निर्णय गर्न बाँकी छ । भरेभोली पार्टीले औपचारिक निर्णय गर्ने उनले बताएका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इलाममा सत्ता गठबन्धन दललाई सघाउन सक्ने भएपनि बझाङमा उम्मेदवारी दिन पार्टीलाई कसैले नरोक्ने बताएका थिए ।

  • १४ चैत्र २०८०, बुधबार ११:१९ प्रकाशित