पाल्पामा पधेरोमा नुहाउन गएकी युवतीको बीभत्स हत्या

केन्द्रभाग मिडिया

पाल्पा ।

पाल्पामा एक युवतीको घाँटीमा धारिलो हतियारको प्रहार गरि बीभत्स हत्या भएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा १९ बर्षीया पदमा सुनारको हत्या भएको हो । घर नजिकैको पधेरोमा नुहाउन गएक पदमा साँझ अबेरसम्म पनि घर नफर्केपछि खोज तलास गर्दा मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाको अनुसन्धान गर्नको लागि भैरहवाबाट कुकुर घटनास्थलमा लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले हत्याको विषयमा अनुसन्धान गर्नको लागि भैरहवाबाट तामिल प्राप्त कुकुरलाई घटनास्थल लगिएको जानकारी दिएका छन् ।

मृत भेटिएकी पदमा स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। शवलाई अहिले पोष्टमाट्मको लागि जिल्ला अस्पताल तानसेन लगिएको छ ।

स्थानीयले हत्या भएको आशङ्का गरेका छन् । डिएसपी श्रेष्ठले भने ‘हामी अनुसन्धान सुरु गरिसका छौ , अब के के प्रमाण भेटिन्छ त्यस आधारमा थप अगाडि बढ्नेछौँ ।

जिल्ला प्रहरी, हार्थोक प्रहरी चौकी, सर्देवा प्रहरी चौकीबाट प्रहरी खटिएर अनुसन्धान थालेको उनले बताए । किशोरीको शव क्षतविक्षत अवस्थामा  रहेको बताइएको छ ।

  • १४ चैत्र २०८०, बुधबार ०९:५९ प्रकाशित