एमाले कास्कीमा नेतृत्व चयनका लागि मतदान जारी, दोस्रो पटक थपियो समय

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमाले कास्कीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । मंगलबार साँझ ७ बजेदेखि सुरु भएको मतदान अहिलेपनि जारी रहेको निर्वाचन मण्डलले जानकारी दिएको छ ।

निर्वाचन अधिकृत भगवती पहारीका अनुसार राति ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय मत खसाल्न समय लागेपछि विमान ७ बजेसम्मका लागि बढाइएको थियो । विहान ७ बजेसम्म पनि मतदान गर्ने कार्य नसकिएपछि  पुन समय थप गरिएको छ ।

एमाले कास्कीमा ७ जना जिल्ला सदस्य भने सर्वसम्मत निर्वाचित भइसकेका छन् । सर्वसम्मत सदस्यमा निर्वाचित हुनेमा अपांगतातर्फ गंगाबहादुर खड्का हुन् । यो कलस्टरमा अन्यको उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत सदस्य निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको हो ।

बुद्धिजिवी कलस्टमा दुर्गा भण्डारी र विजय शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै, मादी गाउँपालिकाबाट महिलातर्फ दुई जना सर्वसम्मत भएका छन् । मादी गाउँपालिकाकी उपाध्यक्ष (जनप्रतिनिधि) कल्पना गुरुङ सर्वसम्मत निर्वाचित भएकी छिन् । गुरुङसँगै विष्णुमाया पौडेल मादीबाट महिला क्लष्टबाट सर्वसम्मत निर्वाचित भएका हुन् ।

रुपा गाउँपालिकाबाट पनि महिला क्लष्टमा दुई महिला सर्वसम्मत निर्वाचित भएका छन् । कशिरना मियाँ र हिताकुमारी रुपाखेती ‘सार्की’ जिल्ला सदस्यमा निर्वाचित भएका हुन् ।

अधिवेशनले १ सय २१ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । नयाँ नेतृत्वको लागि दुई प्यान बनेको छ । एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ समूह र स्थायी समिति सदस्य खगराज अधिकारी निकट समूह प्यानल बनाएर प्रतिस्पर्धामा उत्रेका हुन् ।

उपमहासचिव गुरुङ निकट माधव बास्तोला र स्थायी समिति सदस्य निकट बैनबहादुर क्षेत्रीको प्यानलसहित उम्मेदवारी परेको हो । विवेक त्रिपाठीको पनि उम्मेदवारी अध्यक्षमा परेको छ ।

 

 

 

  • १४ चैत्र २०८०, बुधबार ०७:३७ प्रकाशित