परराष्ट्रमन्त्री श्रेष्ठ र विदेशीमन्त्री यीबिच आज भेटवार्ता हुँदै

केन्द्रभाग मिडिया

बेइजिङ ।

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार चिनियाँ विदेशीमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। विदेशमन्त्री वाङ यीको निम्तोमा एक साता लामो भ्रमणका सोमबार बिहान बेइजिङ पुगेका श्रेष्ठले आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्न लागेका हुन् ।

विदेशमन्त्री वाङ यीसँगको भेटमा यसअघि नेपालसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा र चीनको विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ९बीआरआई० परियोजना कार्यान्वयनको विषयमा छलफल हुने बताइएको छ । नेपालले सन् २०१७ मेमा बीआरआई परियोजनामा हस्ताक्षर गरेपछि नौ वटा परियोजनामा काम गर्ने प्रस्तावमा छलफल गरे पनि हालसम्म कुनै परियोजना अगाडि बढेको छैन ।

यसपटक चीनले नेपालसँग कुनै एक परियोजना सुरुवात गर्ने चाहना राखेको छ । त्यसका लागि परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबिच हुने छलफल पछि प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

  • १३ चैत्र २०८०, मंगलवार १०:३४ प्रकाशित