तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ जना चिनिया पर्यटक घाइते

केन्द्रभाग मिडिया

पोखरा । पोखराबाट काठमाण्डौ जाँदै गरेको पर्यटक बस तनहुको शेराटारमा दुर्घटना हुँदा ६ जना चिनिया पर्यटक घाइते भएका छन ।बा १ प ११३९ नम्बरको पर्यटक बस आज बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाणका अनुसार घाइते हुनेमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली छन् ।
घाइतेहरुको जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको खाणले जानकारी दिए । बसमा २६ यात्रु सवार थिए । दुर्घटनापछि बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाणले जानकारी दिए ।

  • १० चैत्र २०८०, शनिबार १२:५३ प्रकाशित