इजरायलमा आज आम निर्वाचन हुदैं : कोको छन् नेतान्याहुविरुद्ध ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

इजरायलमा आज मंगलबार ९२७ अक्टोबर० आम निर्वाचन हुँदैछ । निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम रहने वा देशमा नयाँ सरकार गठन हुने भन्ने तय गर्नेछ ।

सन् १९९६ देखि हालसम्मको बीचमा नेतान्याहु विभिन्न अवधिमा करिब १७ वर्षभन्दा बढी समय इजरायलको प्रधानमन्त्री भइसकेका छन् ।

उनका समर्थकहरुले उनलाई सुरक्षा मामिलामा बलियो नेताका रूपमा प्रस्तुत गर्दै आएका छन् । तर आलोचकहरूले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका बेला सुरक्षा व्यवस्थामा भएको कमजोरी र उनीमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोपलाई लिएर प्रश्न उठाउँदै आएका छन् ।

गाजामा युद्धका क्रममा भएका कथित युद्ध अपराधसम्बन्धी आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

यसपटकको निर्वाचनमा नेतान्याहुलाई चुनौती दिन पूर्वसैनिक प्रमुख गादी आइजेनकोट आफ्नो नयाँ मध्यमार्गी पार्टी ‘याशर’सहित मैदानमा छन् । गाजामा युद्ध चलिरहेका बेला आइजेनकोटले आफ्ना छोरा गुमाएका थिए ।

त्यस्तै, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट र नेतान्याहुका पूर्वसहयोगी तथा पूर्वकमाण्डो यायर लापिडले ‘टुगेदर’ गठबन्धनमार्फत सहकार्य गरेका छन् ।

  • १० कार्तिक २०८३, मंगलवार १०:४३ प्रकाशित