काठमाडौं ।
साताको कारोबारको तेस्रो दिन आज मंगलवार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
आज सुन तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन प्रतितोला २८१५०० रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३९७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।












