पोखराको लेकसाइडमा होली महोत्सव हुने

केन्द्रभाग मिडिया

पोखरा । पोखराको लेकसाइडमा आगामी चैत्र ११ गते फागुपूणिमामा होली महोत्सव २०८०को आयोजना हुने भएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले विगत १७ वर्षदेखी आयोजना गर्दै आएको होली महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिने भएको हो । होली महोत्सव अन्तर्गत यसपटक पनि लेकसाइडको अम्म देखी खहरेचोक सम्म रंगै रंगको पर्व होली मनाइने भएको हो । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ होली महोत्सवलाई यस पटक पनि निरन्तरता दिएको रेवान का अध्यक्ष नरेश भट्टराइले जानकारी दिए ।

होली पर्व मिलनको पर्व, दुख भुल्ने, प्रेम, सद्भावका साथै पुराना शत्रुता भुली एक अर्कालाई थरि थरिको रंग लगाई मित्रता साटासाट गर्ने पर्व पनि हो । होली महोत्सवलाई व्यवस्थित वनाउन सम्वन्धीत निकायहरु सँग छलफल गरि अनुशासित र मर्यादित वनाइने आयोजकले जनाएको छ । होली पर्वको दिन चैत्र ११ गते विहान १०ः३० वजे अम्मट चौतारामा सवै जम्मा भै आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहभागी गराई सामुहिक रुपमा होली खेल्ने र पञ्चे वाजा, संगितका साथमा होली खेल्दै गौरीघाट, वाराहीचोक हल्लनचोक हुदै खहरेचोक सम्म खेल्ने कार्यक्रम रहेको छ ।

सामुहिक रुपमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहभागि गराई नेपालको संस्कृति र पर्वको बारे जानकारी गराउँदै पर्यटन प्रवद्र्धनमा थप सहयोग पु¥याउँनुका साथै एक आपसमा मित्रता र सद्भाव साटासाट गर्ने उद्देश्य रहेको रेवानका अध्यक्ष नरेश भट्टराइले जानकारी दिए ।

  • ९ चैत्र २०८०, शुक्रबार १७:३८ प्रकाशित