रानाभाटलाई साथमा राखेर कांग्रेस गण्डकीको सभापतिमा अर्जुन जोशीले गरे उम्मेदवारी घोषणा (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका लागि अर्जुन प्रसादले जोशीले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । मंंगलबार पोखरामा एक कार्यक्रमको आयोजना गरि जोशीले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । जोशी कांग्रेसका पुराना नेता पूर्वमहामन्त्री तारानाथ रानाभाटलाई साथै लिएर उम्मेदवारी घोषण गरेका थिए ।

जोशीले सबैले प्रदेश सभापतिको जिम्मा लिन आग्रह गरेकाले उम्मेदवारी दिने तयारी गरेको बताए । उनले भने, गण्डकी प्रदेश संगठन बलियो बनाउन, कांग्रेसको पहिचन राख्न सक्ने उम्मेदवार बन्न साथीहरुले आग्रह गरेकाले अगाडी बढेको हुँ ।

कांग्रेसको अधिवेशन केवल कांग्रेका लागि मात्र हैन नेपालको राष्टियतालाई बलियो बनाउनुको साथसाथै जनताको अधिकारका स्थापित गर्नका लागि कोषेढुङगा सावित हुनुपर्छ, उनले भने । यो अधिवेशन कसैको जित हार भन्दा पनि कांग्रेसलाई जनातको पार्टी बनाउने र कांग्रेसलाई जनताको बिचमा स्थापित गराउने अभियामा रहेको उनले बताए ।

पर्वत जिल्लाका जोशी हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् , उनी पूर्वसभाषद् हुन् ।

  • १४ मंसिर २०७८, मंगलवार १३:३५ प्रकाशित