लेकसाइडमा भैलो हेर्ने क्रममा झै झगडा गर्ने ९ जना पक्राउ

केन्द्रभाग मिडिया

पोखराको लेकसाइडमा भैलो हेर्ने क्रममा झै झगडा गर्ने ९ जना पक्राउ परेका छन् ।

तिहारको भाइटीकाको दिन लेकसाइडमा देउसी भैलो हेर्ने क्रममा झै झगडा गरी कुटपिटमा संलग्न रहेको आरोपमा बिभिन्न स्थानबाट सोमबार ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा धादिङ घर भई पोखरा ११ बस्ने २८ बर्षका आशिष मगर, कास्कीको माछापुच्छ्रे घर भई लामाचौर बस्ने बर्ष २४ का सन्दिप गुरुङ, रुपा घर भई पोखरा १२ माटेपानीका ३० बर्षिय अरुण थापा, मोरङ घर भई पोखरा १६ दीपमा बस्ने बर्ष २३ का मनिष राई रहेका छन् ।

त्यस्तै घटनामा संलग्न पर्वत, मोदी घर भई पोखरा १९ लामाचौर बस्ने बर्ष २० का अभिशेक गर्बुजा,म्याग्दी घर भई पोखरा ११ फुलबारी बस्ने २८ बर्षिय प्रभात पुन, लामाचौर बस्ने २३ बर्षका प्रसन गर्वुजा,सोही ठाउँ बस्ने बर्ष २३ कै एनिश थापा र अर्का २४ बर्षका सुन्दर पुन रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए ।

उनीहरुलाई वडा प्रहरी कार्यालय, बैदामको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

  • १ मंसिर २०८३, मंगलवार १३:४७ प्रकाशित