पोखरा ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो वढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल नेपालमा अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बदली रहेको छ ।
दिउँसो पनि देशभर आंशिक बदली रहने छ । राति सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भु–भागमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।