पोखरा ।
पोखरामा बाल यौन दुव्यर्वहार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने वर्ष ४६ का सुुरेश श्रेष्ठ बाल यौन दुव्यर्वहार आरोपमा पक्राउ परेका हुन् । उनले अस्ति फागुन २८ गते बिहान ७ बजेर ३० मिनेटको समयमा १५ वर्षकी बालिकालाई यौन दुव्यर्वहार गरेको आरोपसहित उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।












