भिजिट भिसामा दुबई जान लागेका तीन जना विमानस्थलबाट पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

पर्यटक भिसामा दुबई जान लागेका तीन जना र एकजना एजेन्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

गएराति हिमालय एयरलाइन्सको फ्लाइटबाट दुबई जान लागेका तीन जना र एक एजेन्टलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्यटक भिसामा जान लागेकी तेह्रथुमकी नेत्रकुमारी गुरुङ, अर्घाखाँचीका हरि उपाध्याय र चितवनका दुर्गा श्रेष्ठ छन् ।

एजेन्ट भविलाल थापा पनि पक्राउ परेका छन् । एजेन्टको मोबाइलबाट विगतमा पनि उनले पैसा उठाएर भिजिट भिसामा पठाउने गरेको प्रमाणहरू भेटिएको प्रहरीले जनाएको छ ।

घरेलु कामदारको रुपमा काममा लगाउन प्रतिव्यक्ति २ लाख रुपैयाँ लिएर एजेन्टले दुबई पठाउन लागेका थिए । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २५ फाल्गुन २०८०, शुक्रबार १६:४२ प्रकाशित