एमालेले बोलायो महाधिवेशन प्रतिनिधि परिषद् बैठक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रमुख सत्ता घटक नेकपा एमालेले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ । शुक्रवार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले वैशाख ८ र ९ गतेका लागि महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको बताए । ‘महाधिवेशन प्रतिनिधि परिषद्को वैशाख ८ र ९ गते बैठक आयोजना गर्ने र वैशाख १० मा पार्टीको ७५ औँ स्थापना दिवसको विशेष समारोह आयोजना गर्ने निर्णय गरेका छौँ ,’ उनले भने ।

बैठकमा मुलुकको सत्ता समीकरणमा आएको परिवर्तनका सन्दर्भमा बैठकमा छलफल भएको महासचिव पोखरेलले बताए । फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको गठबन्धन भत्काएर एमालेसहितको नयाँ गठबन्धन बनाएका छन् ।

  • २५ फाल्गुन २०८०, शुक्रबार १५:३४ प्रकाशित