भक्तपुर ।
आज अन्तर्राष्ट्रिय नारी दिवस । दिवस मनाईरहँदा नेपालमा महिला हिंसा, हत्या बलात्कारका घटनामा भने न्युनिकरण हुन सकेको छैन ।
आज नारी दिवसकै दिन भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाले ज्यान गुमाएकी छिन् । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ : १५ बजे उनको ज्यान गएको जिल्ला प्रहरी परिसरका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए । सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जाएको छ ।













