कोरोना अपडेट : गण्डकीमा २२ जनामा संक्रमण, १ संक्रमितको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा एक संक्रमितको ज्यान गएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत स्याङ्जा वालिङ नगरपालिका १ का ४३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यो सगैँ प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय १६ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा १६८ जनाको नमुना परीक्षण गर्दा २२ जनाको रिर्पोट कोरोना पोजिटिभ आएको छ । भने २८ जना निको भएका छन् ।

संक्रमित हुनेमा कास्कीका १७, स्याङ्जाका ३ र नवलपरासीका २ जना रहेको निर्देशनालयले जनाएको छ । ९ महिला र १३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै हालसम्म गण्डकीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८७ हजार ८ सय ८८ पुगेको छ जसमध्ये ८६ हजार ३ सय १४ जना निको भएका छन् ।

  • १२ मंसिर २०७८, आईतवार १६:४२ प्रकाशित