पोखरा ।
पोखरामा १२ वर्ष कैद सजाय सुनाएका फरार व्यक्ति पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर २० लामाडाँडाका वर्ष ३० का डिल बहादुर गुरुङ भन्ने प्रिमस बहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रिमसमाथि गत मंसिर ७ गते जिल्ला अदालत कास्कीले ज्यान सम्बन्धी कसुर मुद्दामा १२ वर्ष ४ महिना १३ दिन कैद सजाय र १ लाख २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
फैसला पछि फरा प्रिमस झण्डै ३ महिना पछि यही फागुन २३ गते पोखरा महानगरपालिका वडा नम्बर ११ काहुँखोलाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।













