पोखरा ।
नवलपरासी पूर्वमा बाघले मान्छे खाएको छ ।
विनयी त्रिवेणी गाउँपालिका १ घुम्टी बस्ने वर्ष अन्दाजी ६३ वर्षीय जित बहादुर वि.कको बाघको आक्रमणबाट ज्यान गएको छ ।
उनि घरबाट निस्किएकोमा साँझसम्म घर नफर्केपछि खोजीको क्रममा आज बाघले आधा शरीर खाएको अवस्थामा भेटिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।उनको विनयी सामुायिक बनमा मृत अवस्थामा शरीरको आधा भाग भेटिएको प्रहरीले जनाएको छ ।