काठमाडौं ।
संसदीय दलका उपनेता सुवास नेम्वाङले एमाले अध्यक्ष केपी शर्मा ओली बाहेकका अरुलाई नेता नमान्ने बताएका छन् ।
वरिष्ठ उपाध्यक्ष पद दाबी गरेका नेम्वाङले महासचिव ईश्वर पोखरेललाई ओलीले उपाध्यक्ष बनाउने तयारी गरेपछि नेम्वाङले ओली बाहेक कसैलाई नेता नमान्ने बताएका हुन् ।
उनले भनेका छन्,‘ मेरो नेता केपी ओली हो, म भन्दा सिनियर अरु छैन, म पोखरेललाई नेता मान्दिन, यदि मलाई उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं ।’
महासचिव पोखरेलले पनि वरिष्ठ उपाध्यक्ष पद दाबी गर्दै आइरहेका छन् । ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेको बताइएको छ । छन् ।
एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतीको प्रयास भइरहँदा निर्वाचन प्रक्रिया अनिश्चित बनेको छ । अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छनोटमा निकै सकस परेको छ । इलेक्सन नगरी सेलेक्सनबाट नेतृत्व छान्न सबै नेताहरु सहमत नभएपछि ओलीलाई सकस परेको छ ।