अपडेट : ड्याम खोलेर खोज्दा पनि भेटिएनन् तामाङ

केन्द्रभाग मिडिया

पोखरा ।

प्रहरीले सेति नदिको ड्याम खोलेर माछा मार्ने क्रममा बेपत्ता भएका मान बहादुर तामाङको खोजी गरे पनि भेट्न नसकेको जानकारी दिएको छ ।

आज बिहान १० बजेर २० मिनेटको समयदेखि पोखरा महानगरपालिका वडा नम्बर १६ दिप स्थित रहेको ड्याम खोली दिनभर सेती नदीमा तामाङको खोजी गरेको प्रहरीले जनाएको छ ।

ड्याम खोलिएकोले नदीमा पानीको बहाव बढेकोले नदिको किनार वा आसपासमा नजान र सतर्कता अपनाउन प्रहरी पोखरेलीलाई आग्रह गरेको थियो । नदी वरीपरी काम गर्ने ताथ आवतजावत गर्ने मानिसहरुलाई सचेत रहन प्रहरीले अपिल गरेको थियो ।

  • १७ फाल्गुन २०८०, बिहीबार १७:१४ प्रकाशित