पोखरामा बाल विवाह मुद्दामा फरार दुई महिला पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा बाल विवा मुद्दामा फरार दुई महिला पक्राउ परेका छन् ।

बाल विवाह मुद्दामा ०७९ माघ २५ गते फैसला भएकोमा फरार कास्की अन्नपुर्ण गाँउपालिका वडा नम्बर १ बस्ने सरस्वरी विक भन्ने बुद्धिसरा विक र सोही ठाउँ बस्ने बिनिता सुनारलाई एक वर्ष पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

बुद्धिसरालाई ३ महिना कैद, पच्चिस सय रुपैयाँ जरिवाना र पिडित राहात कोषमा २०० जरिवाना फैसला भई २ महिना १८ दिन कैद सजाय र २५ सय जरिवाना पिरको २०० भुक्तान गर्न बाँकी रहेको र बिनितालाई ३ महिना कैद सजाय र २५ सय जरिवाना पिरको २ सय भुक्तान गर्न बाँकी भएकोमा दुवै फरार रहेका थिए ।

उनीहरुलाई हिजो फागुन १६ गते पोखरा महानगरपालिका वडा नम्बर १ हरिचोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

  • १७ फाल्गुन २०८०, बिहीबार १७:०३ प्रकाशित