सेतिको ड्याम खोलेर बेपत्ता तामाङको खोजी, पानीको बहाव बढेकाले नदि किनारमा नजान आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।

माछा मार्ने क्रममा बेपत्ता भएका मान बहादुर तामाङको खोजीका लागि अहिले सेति नदिको ड्याम खोलिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

आज बिहान १० बजेर २० मिनेटको समयदेखि पोखरा महानगरपालिका वडा नम्बर १६ दिप स्थित रहेको ड्याम खोली सेती नदीमा तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ड्याम खोलिएकोले नदीमा पानीको बहाव बढेकोले नदिको किनार वा आसपासमा नजान र सतर्कता अपनाउन प्रहरी पोखरेलीलाई आग्रह गरेको छ । नदी वरीपरी काम गर्ने ताथ आवतजावत गर्ने मानिसहरुलाई सचेत रहन प्रहरीले अपिल गरेको छ ।

  • १७ फाल्गुन २०८०, बिहीबार १०:५६ प्रकाशित