दुग्ध किसानले देशभरका ३० ठाउँमा चक्काजाम गर्ने

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

दुग्ध किसानका विभिन्न संघसंगठनले देशभरका ३० ठाउँमा चक्काजाम गर्ने भएका छन् । आगामी बिहीबार ललितपुरको चापागाउँ, तनहुँ, मुगलिन लगायत मुख्य राजमार्गको ३० स्थानमा चक्काजाम गर्ने भएका हुन् ।

दुग्ध किसानका विभिन्न संघसंगठनको नेतृत्वमा सो चक्काजाम गरिने केन्द्रीय दुग्ध सहकारी संघ लिमिडेटका महासचिव राम प्रसाद आचार्यले बताए ।दुग्ध बक्यौताको रकम माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको उनले बताए । संघको नेतृत्वमा मंगलबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।

दुग्ध किसानका विभिन्न संघसंगठनले विगत करिब ५ महिनादेखि ६ अर्ब रकम भुक्तानी पाउन नसकेको दाबी गर्दै आएका छन् ।

  • १५ फाल्गुन २०८०, मंगलवार १६:४३ प्रकाशित