राष्ट्रिय माविको हीरक महोत्सवको अवसरमा ‘उदाहरणीय व्यक्तित्व पण्डित ऋषिकेशव’ पुस्तक विमोचन

केन्द्रभाग मिडिया

रमेश पौडेल,
पोखरा।

पोखरा महानगरपालिका वडा नम्बर १ टुडिखेलमा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालयले हीरक महोत्सवको अवसरमा पुस्तक विमोचन गरेको छ ।
आज विद्यालय परिसरमा एक कार्यक्रमका विच विद्यालयका संस्थापक सञ्चालक समितिका सेक्रेटरी पण्डित ऋषिकेशव पराजुलीको जीवनीमा आधारित पुस्तक ‘उदाहरणीय व्यक्तित्व पण्डित ऋषिकेशव’ नामक पुस्तक विमोचन गरेको हो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम विक्रम राणाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सरु भक्त श्रेष्ठले पुस्तकको विमोचन गरेका हुन् ।

विमोचित पुस्तकका प्रकाशक दिपकलाल बाटाजुको आतिथ्यता रहेको कार्यक्रममा प्रा.डा. रामचन्द्र पोखरेलले पुस्तकको समिक्षा गरेका थिए ।
कार्यक्रममा पुस्तकका पात्र ऋषिकेसवका सुपुत्र कुसुम केशव पराजुली, विमोचित पुस्तकका लेखक रविन्द्र माकाजु, हीरक मुल आयोजक समितीका अध्यक्ष साठिघरे पराजुली परिवार, उपाध्यक्ष शिव प्रसाद पराजुलीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वरुण विक्रम राणाले स्वागत मन्त्व्य राखेका थिए भने लेखक रविन्द्र माकाजुल मन्त्व्य व्यक्त गरेका थिए ।प्रा.डा. रामचन्द्र पौडेल, विश्वगोपाल पराजुली, दिपक लाल बाटाजु, सरुभक्त लगायतले पस्तकको समिक्षा गरेका थिए ।

राम विक्रमण राणाले कार्यक्रममा उपस्थित अतिथिलाई धन्यवाद ज्ञापनसहित समापन मन्त्व्य राखेका थिए ।कार्यक्रमको समग्र प्रचारप्रसारको जिम्मा नारायण चापागाईले पाएका थिए भने भुवन सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

७४ औँ वर्ष पुरा गरी ७५ औँ वर्षमा प्रवेश गरेको अवसरमा विद्यालयले हीरक जयन्तीको अवसरमा २०८० मंसिर २० गतेदेखि २०८१ मंसिर २० गतेसम्म विविध कार्यक्रम गर्ने पूर्वनिर्धारित निर्णयअनुसार विद्यालयले आज पुस्तक विमोचन गरेको बताएको छ ।

  • ११ फाल्गुन २०८०, शुक्रबार १७:०६ प्रकाशित