बृद्धबृद्धालाई पाल्पाली समाज पोखराको सहयोग

केन्द्रभाग मिडिया

पोखरा ।

पाल्पाली समाज पोखराले आफ्नो २८ औं स्थापना दिवसको अवसर पारेर शनिबार वृद्धवृद्धालाई लत्ताकपडा तथा खाद्यान्न सहयोग गरको छ ।

समाजले पाल्पा, स्याङ्जा र तनहुँको संगमस्थल कालीगण्डकी केलादीघाट स्थित राधा दामोदर आयोग्यधाममा आश्रित वृद्धवृद्धालाई सहयोग गरेको हो । संस्थाले फाइबर सिरक २४ थान, टोपी ३४ थान, सुरुवाल ३४ थान, हाइनेक ३४ थान, ३ बोरा चामल, १ कार्टुन तेल, १० किलो दाल, नुनलगायत सामाग्री वितरण गरेको संस्थाका निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए ।

समाजका अध्यक्ष रेशम थापाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा स्वागत उपाध्यक्ष श्रीधर पराजुली, सञ्चालन महासचिव केशव नेपाल र धन्यवाद ज्ञापन कार्यक्रम संयोजक रमेश पौडेलले गरेका थिए ।

पोखराबाट सहयोग हस्तान्तरणका लागि गएको टोलीमा संस्थाका पूर्व अध्यक्ष जगदीश गौतम, सल्लाहकार जनपुकार मुनंकमी, कोषाध्यक्ष उमा सापकोटा, सहसचिव युमाया पुन र सदस्य पिताम्वर तिमिल्सिना पनि सहभागी थिए । राधा दामोदर आयोग्यधाममा हाल २४ वृद्धवृद्धा र कर्मचारीसहित ३४ जना आश्रित छन् ।

पाल्पा मुल घर भइ हाल पोखरामा विभिन्न पेसा व्यवसाय गर्दै आएका पाल्पालीहरुको संस्था पाल्पाली समाज पोखराले सदस्यको हकहितसहित विविधि सामाजिक कार्य गर्दै आएको छ ।

  • ११ मंसिर २०७८, शनिबार २०:१२ प्रकाशित