एभरेस्ट एफएमको रक्तदान कार्यक्रममा १८६ यूनिट रगत संकलन

केन्द्रभाग मिडिया

पोखरा ।

एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएमले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १८६ युनिट रगत संकलन भएको छ । रेडियो प्राङ्गण पस्र्याङमा आयोजित कार्यक्रमको एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता चन्द्रकान्त पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेकी थिईन् ।

रक्तदान गर्ने १८६ जना मध्ये १५१ जना पुरुष र ३५ जना महिला रहेको रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रममा २५ प्रतिशत पहिलो रक्तदाता थिए । शनिबार भएको रक्तदानमा ४५ जनाले पहिलोपटक रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा रेडियोका स्रोतासहित भि।ए।डब्लू। इन्टरप्राइजेज, यामाहा शोरुम नयाँबजार, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी, पोखरा बस व्यवसायी समिति, पूर्वाञ्चल सेवा समाज पोखरा, भानुभक्त आवासिय मावि, सिद्ध मावि नयागाउँ, साहारा क्लव पोखरा, नेलम्बो नेपाल, वाईसिएल नेपाल, फिस्टेल नर्सिङ हस्पिटल, क्षेत्री समाज कास्की , दङ्गा प्रहरी गण ड्यामसाइड, पोखरा लेडी जेसिस, नेपाल ज्योतिष पत्रकार महासंघ लगायत संस्थाले संस्थागत सहभागिता जनाएका थिए ।

मंसिर महिनामा रक्तदानका कार्यक्रमहरु कम हुने हुँदा रगतको अभाव हुने र आफूहरुको वार्षिकोत्सव पनि पर्ने भएकाले संस्थागत सामाजिक उत्तरदायित्व वहन अन्तर्गत रक्तदान कार्यक्रम गरिएको गरिएको रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले बताए ।

रेडियोले दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार माछापुच्छ्रे गाउँपालिका–२ को बाराही आधारभुत विद्यालय खांदरजुङमा न्यानो कपडा वितरण गरेको थियो ।

सो विद्यालयमाअध्ययनरत ४३ जनाविद्यार्थीलाई न्यानो कपडा (ट्र्याक सुट) वितरण गरेको हो । यसअघि एफएमले रेडियो शुभारम्भको अवसरमा गत वर्ष सामाजिक उत्तरदायित्व वहन अन्र्तगत मानव सेवा आश्रम पोखरालाई एक लाख ५० हजार सहयोग हस्तान्तरण गरेको थियो ।

रक्तदान कार्यक्रमलाई सफल बनाउन प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा विभिन्न ११ वटा उपसमिति गठन गरेको थियो ।

  • ११ मंसिर २०७८, शनिबार २०:०२ प्रकाशित