पोखराबाट लागूऔषधसहित ३ जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराबाट ३ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।

अस्ति मंगलबार(फागुन ८ गते)को दिन छुट्टाछुट्टै स्थानबाट ३ जना कारोबारी लागूऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १९ गैह्रीखोरमा बस्ने वर्ष ३८ का चन्द्राबहादुर गुरुङ र वडा नम्बर २९ भण्डारढिकका वर्ष ३६ का सुजित गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट डाईजापाम २९ एम्पुल, फेनेरागन २९ एम्पुल र नुर्फिन २९ एम्पुल गरी जम्मा ८७ एम्पुल लागू औषध बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै यता पोखरा महानगरपालिका वडा नम्बर २० भलाम बस्ने वर्ष ३५ का सन्तोष बहादुर नेपाली लागूऔषध सहित पक्राउ परेका छन् । उनको साथबाट लागू औषध डाईजापाम ३० एम्पुल, फेनेरागन १० एम्पुल र नुर्फिन १० एम्पुल गरी जम्मा ५० एम्पुल लागू औषध बरामद भएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १० फाल्गुन २०८०, बिहीबार १०:३८ प्रकाशित