कास्की कांग्रेस सभापतिको पुन अधिवेशनमा प्रतिनिधि हराएपछि………

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की कांग्रेसको सभापतिका लागि भएको पुनः मतदान सकिएको छ । २०८८ मतदाता मध्य पुन मतदानमा १ हजार ९२६ मत खसेको निर्वाचन समितिले जनाएको छ । शुक्रबार २ हजार २५ मत खसेको थियो ।

नेपाली कांग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनैपर्ने बाध्यकारी व्यवस्था भएकाले शनिबार पुनः मतदान भएको हो । शुक्रबार भन्दा शनिबार मत कम खसेको छ । शनिबार १६२ प्रतिनिधि मतदानमा सहभागीनै भएनन् । शुक्रबार १३७ जना अनुपस्थित भएका थिए । शुक्रबार भन्दा शनिबार २५ प्रतिनिध  घटे । शुक्रबार ४७ मत बदर भएको थियो ।

पार्टीको निर्वाचनमा प्रतिनिधिनै अनुपस्थित हुनुले राजनीतिक दलका कार्याकर्ता आफ्नो जिम्मेवारी प्रति कति प्रतिवद्ध छन् भन्ने प्रश्न उठेको छ । प्रतिनिधि छनोटका बेला लडाभाँती गर्ने तर मतदानमा सहभागी नहुने कांग्रेसले कस्ता प्रतिनिधि छनोट गरेको छ भन्ने प्रश्न पनि यसले उब्जाएको छ । उम्मेदावार भने एकमतको तलमाथी हुने भन्दै मतदातालाई आफ्नो पक्षमा मतदान गर्न प्रेरीत गरिरहेका थिए ।

मतपरिणाम आउदा केही मतको अन्तर हुदाँ त्यती बेला अनुपस्थित मतको महत्व झल्कने छ । शुक्रबार मतदान गरेका प्रतिनिधी पुनः मतदान गर्न भने अनिच्छा देखाएका थिए ।

उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि ६४४ मत ल्याएका किशोरदत्त बराल र ४६९ ल्याएका सुदीपमोहन भट्टराईबीच आज पुनः प्रतिस्पर्धा भएको हो । आजै बेलुकाबाट सभापति सहित पदाधिकारी र सदस्यको मतगणना हुने बताइएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा सभापति पदको वाहेक अन्य पदमा मतगणना भएको थिएन ।

  • ११ मंसिर २०७८, शनिबार १८:१७ प्रकाशित