पोखरा ।
कास्की कांग्रेसका नेता कृष्ण बहादुर केसीले गण्डकी प्रदेश महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । कास्की जिल्ला सभापतिको जिम्मेवारी हस्तान्तरणको तयारीमा रहेका केसीले महामन्त्रीमा उम्मेदवारी दिने केन्द्रखवरसंगको भेटमा जानकारी दिए ।
जिल्लामा नेतृत्व दोहोराउन दवाव भए पनि नयाँलाई अवसर दिनुपर्ने भन्दै उनले आफु अब प्रदेको राजनीतिमा होमीने बताए ।
देश र जनताको सेवा मेरो प्रतिवद्धता, शासन व्यक्तीको होइन विधिको हुनुपर्छ भन्ने नारा सहित उनले आफ्नो उम्मेदवारी सामाजिक संजालमा समेत सार्वजनिक गरेका छन् । महामन्त्रीका पदका लागि गण्डकी प्रदेश सरकारका मन्त्री एवं स्याङजाका नेता मेखलाल श्रेष्ठले पनि आकांक्षा देखाएका छन् । कांग्रेसमा अहिले जिल्ला अधिवेशन भइरहेको छ ।
मंसिर १६ का लागि प्रदेश अधिवेशन तोकिएको छ । प्रदेशको नेतृत्वमा कास्कीबाटै पूर्वमन्त्री यज्ञबहादुर थापा र देवराज चालीसेले प्रदेश सभापतिमा उम्मेदवारी दिने बताएका छन् । चालिसेले पात्रकार सम्मेलन गरेरै उम्मेदवारी घोषण गरेका छन् ।
त्यस्तै कास्कीकै नेता शुक्रराज शर्मा र केन्द्रीय सदस्य र्जुन जोशी पनि उम्मेदवारका आकांक्षी हुन् । जोशी पर्वतका हुन् । तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले पनि प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।