पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरो र पाउण्डको भाउ घटेको छ ।
आज युरो एकको खरिददर १४१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४७ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५१ पैसा रहेको थियो ।
यस्तै पाउण्ड एकको खरिददर १६६ रुपैयाँ २२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९८ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७० पैसा थियो।
आज डलर एकको खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ७० पैसा र बिक्रीदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।














