पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधरबा डलर एकको खरिददर १३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ११ पैसा रहेको छ ।
आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५१ पैसा रहेको छ ।आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८ रुपैयाँ ९१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको छ ।















