पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ११ पैसा रहेको छ ।
आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ १९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३६ पैसा रहेको छ ।आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८१ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको छ ।















