चितवन ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक परिवर्तनका लागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफुले सँगै जेलमा कष्ट उठाएको स्मरण गरेका छन् । देउवाले महाधिवेशन सम्बोधनको क्रममा जेलजिवनलाई स्मरण गर्दै ओली र आफू ‘जेलमेट’ भएको बताए।
‘केपी ओलीजीलगायत धेरै वामपन्थी साथीहरू र हामी सँगै जेलमा थियौं । हामी जेलमेट पनि हौं । हामीले सँगै दुःख भोगेका हौं । हिजोका दिनमा हामीले भोगेका दुःख सम्झेर भोलिका दिनमा कुनै नेपालीले दुस्ख नपाउन् भन्नेमा हामी केन्द्रित हुनुपर्छ’, देउवाले भने ।