एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

नेपालले क्यानडालाई ४ विकेटले हरायो

केन्द्रभाग मिडिया

पोखरा ।
घरेलु टिम नेपालले एक दिवसीय सिरजको दोस्रो खेलमा पाहुना टोली क्यानडालाई ४ विकेटले पराजित गरेको छ । क्यानडाले दिएको २ सय ८६ रनको विशाल लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेटको क्षतिमा भट्टाएको हो।  कप्तान रोहित पौडेल, देव खनाल र अनिल कुमार साहको अर्थ सतकको मद्यतमा नेपालले पाउना टोलीलाई सिरिजको दोस्रो खेलमा ४ विकेटले पराजित गरेको हो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ८७ रन जोडे । एक सय बलको सामना गरेका उनले ८७ रन जोडेका हुन् । अन्डर १९ टिमका कप्तान समेत रहेका देव खनालले ८१ बलमा ७६ रन जोडे । २० बलको सामना गरेका ओपनर अनिल कुमार साहले ५० रन जोडे । उनले १९ बलमा अर्धसतक बनाउँदै कृतिमानी अर्धसतक बनाएका हुन् ।

अर्का ओपनर आसिफ सेखले १६ बलमा १० रन जोडर आउट भए । पबन सर्राफले ७ बलमा १४रन जोडे । भीम सार्की २३ रनमा आउट भए । कुसल मल्ल र सोमपाल कामी नट आउट रहे ।  कुसल मल्लले १४ बलमा ९ रन जोडेर नट आउट रहेका हुन् भने सोमपाल कामीले १० बलमा ९ रन जोडेर नट आउट रहे । यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक जित निकालेको थियो।

पहिले व्याटिङ गरेको पाउना टोलीले नेपाल सामु २ सय ८६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा विकेटको क्षतिमा २ सय ८५ रनको योगफल तयार पारेको हो ।

पहिलो विकेटका लागि ओपनर आरोन जोनसन र नवनित डालिवालले ९४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि नेपालविरुद्ध क्यानडाले गरेको दोस्रो ठुलो साझेदारी हो । यसअघि एसिया कपमा भारतका रोहित शर्मा र शुभमन गीलले १ सय ४७ रनको अविजित साझेदारी गरेका थिए ।

आकाश चन्दले १८.२ ओभरमा ओपनर नवनित डालिवाललाई विकेट किपर आशिफ शेखको हातबाट आउट गराउँदै ठुलो साझेदारी तोडेका थिए ।

नवनितले ६० बलमा ८ चौका हान्दै ४६ रन बनाएर पेभेलियन फर्के । आकाशले डेब्यु विकेट लिए । अर्का ओपनर आरोन जोनसन ६५ रन बनाउँदा रन आउट भए। आरोनले ६२ बलमा १० चौका र २ छक्का हाने । कप्तान रोहित पौडेलले ३२ औँ ओभरमा दुई विकेट झारे । रोहितले ३२ औँ ओभरको पाचौँ बलमा निकोलस किर्तनलाई २० रनमा आउट गराए ।

रोहितले सोही ओभरको दोस्रो बलमा पारगत सिंहलाई ३८ रनमा क्याच आउट गराएका थिए। ३८ बलमा ६ चौका हाने पारगत रोहितको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए ।

कुशलले ४१ औँ ओभरको चौथो बलमा कप्तान सद विन जफरलाई १ रन बनाउँदा पवन सर्राफको हातबाट क्याच आउट गराए। ३९ औँ ओभरको चौथो बलमा दिलप्रित बाज्वालाई १९ रनमा बोल्ड आउट गराए ।

त्यसअघि ३४.५ ओभरमा सुर्य तामाङले हर्ष ठाकरलाई ३ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराउँदै ओडीआईको पहिलो विकेट लिएका थिए। सुर्यले क्यानडाविरुद्धको पहिलो खेलमा डेब्यु गरेका थिए ।

पवन सर्राफले साहिद ममजाइलाई १३ रनमा बोल्ड आउट गराए । नवौँ किवेटका लाग श्रेयास मोभा र उदय भगवान ४६ रनको साझेदारी गरे। श्रेयास ४० रन बनाउँदा सोमपाल कामीको बलमा क्याच आउट भए। उदय २० रनमा नटआउट रहे ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान २ विकेट लिए । सोमपाल कामी, सुर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा एक एक विकेट रह्यो ।

  • २७ माघ २०८०, शनिबार १६:४२ प्रकाशित