बाढी प्रभावितको उद्धार र पुनःस्थापनाका लागि गण्डकी सरकारले चार करोड सहयोग गर्ने

केन्द्रभाग मिडिया

भोटेकोशी बाढीपीडितको उद्धार र पुन : स्थापनाका लागि गण्डकी प्रदेश सरकारले चार करोड सहयोग गर्ने भएको छ ।

आज एक विज्ञप्ति निकालेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम दाखिला गर्ने निर्णय भएको जानकारी दिए ।

मुख्यमन्त्रीलेबाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन र भेटिएका शवहरुको उचित व्यवस्थापनका लागि प्रदेश सरकारबाट सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए ।

‘सम्पर्कविहीनको खोजी, जोखिममा रहेकाको उद्धार, घाइतेको उपचार, प्रभावित तथा आश्रयविहीनका लागि सुरक्षित आश्रय, खानपान र आवश्यक राहतको व्यवस्था गर्न सम्बन्धित सबै निकायलाई प्रभावकारी रूपमा परिचालित हुन आग्रह गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

  • १२ भाद्र २०८३, शुक्रबार १४:३७ प्रकाशित