काठमाडौं ।
सरकारले भारतसँग जिटुजी खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्ने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त माध्यमबाट मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि जानकारी दिए ।











