पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०४ पैसा रहेको छ ।
आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १४३ रुपैयाँ १९ पैसा रहेको छ ।आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८ रुपैयाँ ४९ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ८९ पैसा रहेको छ ।














