पार्टीहरूको झगडाले देश र जनतामाथि आँच नआओस : चित्रबहादुर केसी

केन्द्रभाग मिडिया

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टी भित्रको झगडा र अन्तरद्धन्द्धले देश र जनतामाथि आँच आउन नहुने बताएका छन् ।

एमालेको १० औँ महाधिवेशनलाई सम्बोधन गर्दै केसीले पार्टी र नेताको झगडाले जनतामा आँच आउन नहुने बताएका हुन् । उनले वाम शक्तिहरूमा अन्तरविरोध र मतभेद भएपनि जनताका लागि वामपन्थी शक्तिहरू एक हुनुपर्ने बताए ।

आफुहरु बिच झगडा हुदाँ विदेशी शक्ति झन् बलियो हुने र मुलुकलाई कमजोर पार्न षडयन्त्र रच्ने भएकाले पनि देशका लागि सबै पार्टी एक ढिक्का हुनुपर्ने केसीले बताए ।

उनले भने,‘ ‘हामीले ठाउँ दिएपछि विदेशी शक्तिले त खेलिहाल्छ नि,’ वाम आन्दोलनका पुराना र अनुभवी नेताले भने, ‘हामीले प्राप्त राजनीतिक उपलब्धिलाई सुदृढ बनाएर लैजानुपर्छ ।’

  • १० मंसिर २०७८, शुक्रबार १४:५४ प्रकाशित