आज पाउण्डको भाउ बढ्यो, डलर कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार पाउण्डको भाउ बढेको छ ।

आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०७ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६७ रुपैयाँ १४ पैसा थियो । आज डलर एकको खरिददर १३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०६ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा रहेको छ ।आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८ रुपैयाँ ९९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८ रुपैयाँ ४९ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९५ पैसा रहेको छ ।

  • २५ माघ २०८०, बिहीबार १०:०२ प्रकाशित