चितवन ।
नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले विदेशीको षडयनत्र र उनीहरुको गुरुयोजना अनुसार नेकपा टुक्रिएको आरोप लगाएका छन् ।चितवनमा भएको एमाले महाधिवेशनमा स्वागत मन्त्व्य राख्दै बादलले यस्तो आरोप लगाएका हुन् ।
उनले देशको अर्थतन्त्र अस्तव्यस्त अवस्थामा रहेको बताए।‘देशको अर्थतन्त्र अझै तङग्रिन सकेको छैन। देश ठाडो जनादेशबाट सञ्चालित छ।’ उनले भने, ‘राष्ट्रियता लोकतन्त्र, जनजीविका जोखिममा परेको छ। ’
उनले विचार र संगठनको शुद्धिकरण गर्न महाधिवेशनले अग्रणी भूमिका निर्वाह गर्ने दाबी गरे।बादलले भने, ‘जनादेशमार्फत् देशलाई एकढिक्का पार्नुपर्छ। विचार र संगठनको शुद्धिकरण गर्न महाधिवेशनले अग्रणी भूमिका निर्वाह गर्नेछ। ’