ओलीले रिमोट थिचेर उद्घाटन गरे पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन

केन्द्रभाग मिडिया

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेपालको झण्डासहित पार्टी र कम्युनिष्ट पार्टीको झण्डा फहराएर ओलीले महाधिवेशन उद्घाटन गरेका हुन् ।

ओलीले तीनै झण्डालाई रिमोट थिचेर महाधिवेशन उद्घाटन गरेका छन् । त्यस्तै  ओलीले  महाधिवेशनस्थलमा राखिएको एकसिंहे गैँडाको मस्कटको निरीक्षण गरेका छन् । साथै महाधिवेशनका लागि नारायणी किनारमा पुगेका नेता कार्यकर्ताहरुलाई अभिनन्दन समेत गरेका छन् ।

एमालेको महाधिवेशन चितवनको नारायणी नदीको किनारमा भइरहेको छ । जहाँ ठूलो संख्यामा पार्टीको कार्यकर्ताहरुको भीड लागेको छ । शनिबार सौराहमा पार्टीको बन्दसत्रको कार्यक्रम हुने छ ।

  • १० मंसिर २०७८, शुक्रबार १४:२१ प्रकाशित