न्यायालय विवाद निकासको लागि दुई/तीन दिन भित्र पहल गर्ने देउवाको आश्वासन

केन्द्रभाग मिडिया

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्चको विवाद निकासको पहल छिट्टै गर्ने आश्वासन दिएका छन् ।

आज नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसँगको छलफलमा देउवाले अबको एक –दुई दिनमै न्यायालयको विवाद निकासको पहल गर्ने बताएका हुन् ।

देउवाले आज बिहान बालुवाटारमा बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले प्रधानमन्त्री देउवासँग करिब आधा घण्टा छलफल गरेका हुन् ।

आफुहरुको आन्दोलन र विरोध कार्यक्रमले निकास ननिस्केपछि आन्दोलित व्यवसायीले राजनीतिक दलहरुसँग प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई पदमुक्त गर्न हार गुहार गरिरहेका छन् ।

कानुनव्यवसायीले न्यायालयको समस्याको निकासका लागि सरकारका तर्फबाट र नेपाली काँग्रेस पार्टीको तर्फबाट पहल गरिदिन आग्रह गरेका छन् ।
जवाफमा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्र सल्लाह गरेर दुई तीन दिनमै निकास दिने बताएका छन् ।

  • १० मंसिर २०७८, शुक्रबार १४:०८ प्रकाशित